हिमालयन बैंकले १९.११ प्रतिशत लाभांश दिने

हिमाल प्रेस २९ पुष २०७९ ११:२९ | Friday, January 13, 2023
हिमालयन बैंकले १९.११ प्रतिशत लाभांश दिने

काठमाडौँ- हिमालयन बैंक लिमिटेडको ३०औँ वार्षिक साधारण सभाले १९.११ प्रतिशत लाभांशको प्रस्ताव पारित गरेको छ।

आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट ८ प्रतिशत बोनस सेयर र ११.११ प्रतिशत नगद लाभांशको प्रस्ताव सभाले सर्वसम्मत पारित गरेको हो। साधारण सभाले विजयबहादुर श्रेष्ठलाई निर्विरोधरूपमा सर्वसाधारण सेयरधनीका तर्फबाट सञ्चालक समितिमा चयनसमेत गरेको छ। सभाले सिभिल बैंक लिमिटेडलाई प्राप्ति गर्ने प्रस्ताव पनि पारित गरेको छ।

बिहीबार बसेको सिभिल बैंकको साधारण सभाले पनि हिमालनसँग गाभिने प्रस्ताव स्वीकृत गरेको थियो। दुवै बैंकका साधारण सभाले पारित गरेसँगै माघ महिनाभित्र एकीकृत कारोबार गर्नेगरी दुई बैंकले प्राप्तिको प्रक्रियालाई अगाडि बढाएका छन्। हिमालयन बैँक लिमिटेडले सिभिल बैंकलाई १००ः८०.२८ सेयर अनुपातमा गाभ्ने सहमति भइसकेको छ।

सिभिल बैंकलाई प्राप्तिपश्चात् हिमालयन बैंक लिमिटेडको कुल पुँजी २६ अर्ब हुनेछ भने जारी तथा चुक्ता पुँजी २१ अर्ब ६५ करोडभन्दा बढी हुनेछ।

प्रकाशित: २९ पुष २०७९ ११:२९ | Friday, January 13, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen − 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast