स्वास्थ्यमन्त्री गिरीको पहिलो निर्णय : सबै अस्पतालमा न्यूनतम सेवा मापदण्ड लागू गर्छु

हिमाल प्रेस ३ माघ २०७९ १५:१८ | Tuesday, January 17, 2023
स्वास्थ्यमन्त्री गिरीको पहिलो निर्णय : सबै अस्पतालमा न्यूनतम सेवा मापदण्ड लागू गर्छु

काठमाडौँ- आजमात्रै स्वास्थ्य तथा जनसंख्यामन्त्री बनेका नेकपा एमालेका सांसद पदम गिरीले पदबहाली गरेका छन्। शपथ ग्रहणलगत्तै मन्त्रालय पुगेर पदबहाली गरेका गिरीले सबै अस्पतालमा न्यूनतम सेवा मापदण्ड लागू गर्ने पहिलो निर्णय पनि गरेका छन्।

जनस्वास्थ्य ऐन ०७५ को दफा ६४ अन्तर्गत रहेको गुणस्तरीय स्वास्थ्य सेवाका लागि अस्पतालमा न्यूनतम मापदण्ड सुनिश्चित गराउने निर्णयमा हस्ताक्षर गरेका हुन्।

त्यस्तै स्वास्थ्यराज्यमन्त्री बनेकी राष्ट्रिय स्वतन्त्र पार्टीकी डा.तोसिमा कार्कीले पनि आर्थिक अभाव भएकै कारण उपचार नपाउने अवस्थाको अन्त्य गर्ने निर्णयमा हस्ताक्षर गरेकी छन्।

प्रकाशित: ३ माघ २०७९ १५:१८ | Tuesday, January 17, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − 12 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast