स्ववियु निर्वाचनका लागि घोषणापत्र लेख्दै नेविसंघ

हिमाल प्रेस १७ माघ २०७९ १४:४७ | Tuesday, January 31, 2023
स्ववियु निर्वाचनका लागि घोषणापत्र लेख्दै नेविसंघ

काठमाडौँ- स्ववियु निर्वाचनका लागि नेपाल विद्यार्थी संघ (नेविसंघ) ले घोषणापत्र बनाउँदैछ।

त्रिभुवन विश्वविद्यालयले चैत ५ गतेका लागि स्ववियु निर्वाचन मिति तोकेपछि नेविसंघले घोषणा तयार पार्ने कामलाई अघि बढाएको हो।

नेविसंघले पुजन गन्धर्वको संयोजकत्वमा ३४ सदस्यीय घोषणापत्र तयारी समिति गठन गरेको छ। सो समितिले घोषणापत्रमा समावेश गर्ने विषयबारे छलफल थालेको छ।

‘स्ववियु निर्वाचनमा नेविसंघको प्रभावकारी सहभागिताका लागि हामीले तयारी थालिसक्यौँ,’ घोषणा पत्र लेखन समिति सदस्य शिवलाल पौडेलले भने , ‘हामी समय सुहाउँदो एजेन्डा तयार गर्दैछौँ।’

प्रकाशित: १७ माघ २०७९ १४:४७ | Tuesday, January 31, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen + 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast