स्वतन्त्र व्यक्तिलाई राष्ट्रपति बनाइनु व्यवहारिक हुँदैन : नेम्वाङ

हिमाल प्रेस ५ माघ २०७९ १८:४३ | Thursday, January 19, 2023
स्वतन्त्र व्यक्तिलाई राष्ट्रपति बनाइनु व्यवहारिक हुँदैन : नेम्वाङ सुवास नेम्बाङ। फाइल तस्बिर

काठमाडौँ– नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङले दलहरूबाटै सक्षम व्यक्तिलाई राष्ट्रपति बनाउनुपर्ने बताएका छन्। बिहीबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै नेम्वाङले यस्तो बताएका हुन्।

दलभन्दा बाहिरबाट ल्याएर संवैधानिक पद सुम्पिने कुरा उचित नभएको उनको भनाइ छ। संवैधानिक पदहरूमा स्वतन्त्र व्यक्तिलाई ल्याउनुपर्छ भन्ने कुरा अव्यावहारिक रहेको भन्दै उनले दलहरूले आफैंमाथि अविश्वास गर्न नहुने तर्क गरे। नेम्वाङले सभामुखले कसैको दवाव र प्रभावमा नपरि सवैको भावना अनुसार काम गर्नुपर्ने स्पष्ट पारे।

यस्तै कांग्रेस प्रमुख सचेतक रमेश लेखकले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी कानुन विरोधाभाष रहेकाले संशोधन गर्नुपर्ने बताए। संविधानले राष्ट्रपतिको निर्वाचन भएकै दिनदेखि कार्यकाल सुरु हुने भनेको तर ऐनले कार्यकाल समाप्त हुनुभन्दा एक महिना पहिले नै निर्वाचन हुनुपर्ने भनेको हुँदा संविधानबमोजिम ऐनको व्यवस्था संशोधन गरेर जानुपर्ने उनको भनाइ छ।

लेखकले संसदीय व्यवस्थामा प्रतिष्पर्धा हुनु स्वभाविक भएको बताउँदै प्रतिपक्षीको भूमिकालाई शसक्त बनाउदै अघि बढाउने स्पष्ट पारे।

प्रकाशित: ५ माघ २०७९ १८:४३ | Thursday, January 19, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast