काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित इन्दिरा राना मगरले उपसभामुख पदमा उम्मेदवारी दर्ता गरेकी छन्।
सत्ता गठबन्धनको तर्फबाट उम्मेदवारी दिएकी मगरको प्रस्तावकमा स्वतन्त्र पार्टीकी सोविता गौतम रहेकी छन्।
उनको समर्थकमा नेकपा एमालेका कृष्णगोपाल श्रेष्ठ, माओवादी केन्द्रकी नारायणी शर्मा र राप्रपाका राजेन्द्रप्रसाद लिङ्देन बसेका छन्।मगर स्वतन्त्र पार्टीको समानुपातिक सांसद हुन्।
प्रकाशित: ६ माघ २०७९ १३:२५ | Friday, January 20, 2023
प्रतिक्रिया



