 
                             
                                            काठमाडौँ- प्रभु एयरको हेलिकोप्टरका पाइलटमाथि कुटपिट गर्नेसहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ। स्याङ्जामा फुटबल खेल चलिरहेको समयमा माघ ५ गते हेलिकप्टर ल्याण्ड गराएपछि पाइलटमाथि कुटपिट भएको थियो।
प्रहरीले हेलिकप्टरमा सवार यात्रु चार जना र कुटपिटमा संलग्न चार जनालाई पक्राउ गरेको हो।
माघ ५ गते दिउसो पोखराबाट स्याङजाको वालिङ गएको प्रभु एयरको हेलिकोप्टर खेलमैदानमा अवतरण गराएपछि स्थानीयले पाइलटसहित यात्रुमाथि हातपात गरेका थिए।
पक्राउ पर्नेमा हेलिकोप्टरमा रहेका विनोद गैरे, उज्ज्वल थापा, सुशील गिरी र खिमबहादुर राना छन्। त्यसैगरी स्थानीय यामबहादुर गुरुङ र सुरेश श्रेष्ठलाई पनि पक्राउ गरिएको स्याङ्जा प्रहरीले जनाएको छ।
                            प्रकाशित: १० माघ  २०७९ १७:४१ 
                        
                        
                    
                        प्रतिक्रिया
                        
		
	
                    
                    
 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 