सोमबार यति एयरलाइन्सका सम्पूर्ण उडान रद्द

हिमाल प्रेस १ माघ २०७९ १८:३५ | Sunday, January 15, 2023
सोमबार यति एयरलाइन्सका सम्पूर्ण उडान रद्द फाइल तस्बिर।

काठमाडौँ– यति एयरलाइन्सले भोलि, सोमबारका सम्पूर्ण उडान रद्द गरेको छ। आइतबार बिहान पोखरामा यति एयरलाइन्सको ९ एन एएनसी एटीआर ७२ ५०० विमान दुर्घटना भएको थियो।

दुर्घटनाप्रति दुःख व्यक्त गर्दै एयरलाइन्सले भोलिका लागि निर्धारित उडान स्थगित गरेको हो। यतिले आपतकालीन र उद्दारका उडान भने चल्ने जनाएको छ। काठमाडौँबाट पोखरा उडेको यति एयरलाइन्सको ९ एन एएनसी एटीआर ७२ ५०० विमान पोखराको सेती खोचमा दुर्घटना भएको थियो।

दुर्घटनाग्रस्त विमानमा ६८ यात्रु र चार जना चालक दलका सदस्य थिए। हालसम्म ६८ जनाको मृत्यु भएको विवरण प्राप्त भएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ। विमान दुर्घटनाको शोक मनाउन सरकारले भोलि, सोमबार देशभर सार्वजनिक बिदा दिएको छ।

प्रकाशित: १ माघ २०७९ १८:३५ | Sunday, January 15, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast