सुदूरपश्‍चिम सभामुख निर्वाचनमा नाउपा तटस्थ बस्‍ने

हिमाल प्रेस ३० पुष २०७९ १९:०८ | Saturday, January 14, 2023
सुदूरपश्‍चिम सभामुख निर्वाचनमा नाउपा तटस्थ बस्‍ने

धनगढी– सुदूरपश्चिम प्रदेशसभा सभामुख निर्वाचनमा नागरिक उन्मुक्ति पार्टी तटस्थ बस्ने भएको छ। सत्तागठबन्धनसँग भएको सहमति कार्यान्वयन नभएको भन्दै आफ्नो पार्टी तटस्थ बस्ने नाउपाका प्रमुख सचेतक लक्ष्मण किशोर चौधरीले जानकारी दिए।

सुदूरपश्चिममा नाउपाका ७, नेपाली कांग्रेसका १९, नेकपा माओवादी केन्द्रका ११, नेकपा एमालेका १०, नेकपा एकीकृत समाजवादी ४, राष्ट्रिय प्रजातन्त्र पार्टीका १ र स्वतन्त्र १ सांसद छन्। नाउपाका ७ सांसद्ले मत नदिँदा गठबन्धनमा बहुमत पुग्दैन।

५३ जना प्रदेश सभा सदस्य रहेको सुदूरपश्चिम प्रदेशमा सभामुख चयन हुन २७ सांसद आवश्यक हुन्छ। नाउपा तटस्थ बस्दा कांग्रेस र नेकपा एसतर्फको गठबन्धनमा पनि बहुमत नपुग्ने हुन्छ। सभामुखमा कांग्रेसबाट मानबहादुर रावल र माओवादीबाट भीम भण्डारी उम्मेदवार छन्। उनीहरूबीच बिहीबार पनि कसैले बहुमत नपाएपछि शनिबार (आज) पुन: निर्वाचन हुन लागेको हो।

प्रकाशित: ३० पुष २०७९ १९:०८ | Saturday, January 14, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast