सुदूरपश्चिम र कर्णाली प्रदेशमा हिमपातको सम्भावना

हिमाल प्रेस ७ माघ २०७९ ७:०० | Saturday, January 21, 2023
सुदूरपश्चिम र कर्णाली प्रदेशमा हिमपातको सम्भावना हिमपात। फाइल तस्बिर।

काठमाडौँ- शनिबार सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागहरूका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार दिउँसो पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ।

हाल सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागमा सामान्य बदली रहेको छ। मधेश प्रदेश र प्रदेश १ मा आंशिकदेखि सामान्य बदली रहेको छ भने देशका बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको छ।

शनिबार राति प्रदेश १ र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहनेछ।

आगामी २४ घण्टा सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागहरूका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना र तराईका धेरै भूभागहरूमा बिहानीपख हुस्सुरकुहिरो लागेर दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा समेत सामान्य प्रभाव पर्न सक्ने सम्भावना छ।

यसबाट बच्न आवश्यक सावधानी तथा सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

प्रकाशित: ७ माघ २०७९ ७:०० | Saturday, January 21, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen + six =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast