सुदूरपश्चिम प्रदेशको सभामुखमा माओवादीका भण्डारी निर्वाचित

हिमाल प्रेस ३ माघ २०७९ ११:२१ | Tuesday, January 17, 2023
सुदूरपश्चिम प्रदेशको सभामुखमा माओवादीका भण्डारी निर्वाचित

काठमाडौँ- नेकपा माओवादी केन्द्रका भीम भण्डारी सुदूरपश्चिम प्रदेशको सभामुखमा निर्वाचित भएका छन्।

आज भएको मतदानमा २९ मतसहित उनी निर्वाचित भएका हुन्। सभामुखका उम्मेदवार कांग्रेसका मानबहादुर रावलले २३ मत पाए।

५३ जना प्रदेशसभा सदस्य रहेको सुदूरपश्चिममा सभामुख चयन हुन २७ मत आवश्यक पर्छ। आजको निर्वाचनमा ५२ सांसद सहभागी थिए।

प्रकाशित: ३ माघ २०७९ ११:२१ | Tuesday, January 17, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten + three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast