सुदूरपश्चिमको मुख्यमन्त्रीमा एमालेका राजेन्द्रसिंह रावल नियुक्त

हिमाल प्रेस २७ पुष २०७९ १८:०६ | Wednesday, January 11, 2023
सुदूरपश्चिमको मुख्यमन्त्रीमा एमालेका  राजेन्द्रसिंह रावल नियुक्त

धनगढी- सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा राजेन्द्रसिंह रावल नियुक्त भएका छन्। एमाले सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता राजेन्द्रसिंह रावल सुदूरपश्चिमको मुख्यमन्त्रीमा नियुक्त भएका हुन्। एमाले, माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टी र राप्रपाका २९ जना सांसदको समर्थनसहित बुधबार अपराह्न मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए। दाबी पेसलगत्तै प्रदेश प्रमुख देवराज जोशीले रावलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्।

अब उनले बिहीबार पद तथा गोपनीयताको शपथ लिनेछन्। सुदूरपश्चिममा नेकपा एमाले र माओवादी केन्द्रले आलोपालो सरकारको नेतृत्व गर्ने सहमती भएको छ। माओवादीले दोस्रो चरणमा मुख्यमन्त्री पाउनेछ। नेकपा माओवादी सुदूरपश्चिम संसदीय दलका नेता खगराज भट्ट साढे २ वर्षपछि सुदूरपश्चिमको मुख्यमन्त्री बन्ने सहमति भएको हो।

प्रकाशित: २७ पुष २०७९ १८:०६ | Wednesday, January 11, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast