सुदूरपश्‍चिमको पानी, खानी र जवानी बाहिर ल्याउन जरुरी : मुख्यमन्त्री रावल

हिमाल प्रेस ९ माघ २०७९ १७:४८ | Monday, January 23, 2023
सुदूरपश्‍चिमको पानी, खानी र जवानी बाहिर ल्याउन जरुरी : मुख्यमन्त्री रावल

काठमाडौँ– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले सुदूरको पीडा राष्ट्रियस्तरमा जोडिन नसकेको बताएका छन्। सोमबार काठमाडौँमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्।

केन्द्र सरकारले प्राथमिकताको आधारमा सुदूरपश्चिमलाई विशेष महत्त्व दिनुपर्ने उनको भनाइ छ। व्यक्तिगत पद र स्वार्थका लागि आफूले राजनीति नगरेको बताउँदै उनले अबको पाँच वर्षको कार्यकाल प्रदेशका जनताको हितमा लगाउने पनि उनले बताए।

सुदूरपश्चिमलाई छाउपडी र देउकी प्रथा भएको ठाउँको रूपमा मात्रै चिनिएको भन्दै उनले काठमाडौँमा कुमारी प्रथाको देवत्वकरण भएजसरी सुदूरका सामाजिक सांस्कृतिक परम्परालाई उजागर गर्नुपर्ने स्षप्ट पारे।

सुदूरको समृद्धिका लागि पढाइ, कमाइ र दवाइको अभियान, सुदूरको पानी, खानी र जवानीलाई बाहिर ल्याउन जरुरी भएको उनले उल्लेख गरे। सुदुरपश्चिका विभिन्न प्राकृतिक एवम् सांस्कृतिक सम्पदा संरक्षण, संवर्धन र प्रचार प्रसारको पर्खाइमा रहेको बताउँदै आगामी दिनमा प्रदेश सरकारले यसमा विशेष ध्यान दिने प्रतिबद्धता व्यक्त गरे।

प्रकाशित: ९ माघ २०७९ १७:४८ | Monday, January 23, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast