सिट बेल्ट नलगाउँदा बेलायती प्रधानमन्त्री जरिवानामा

हिमाल प्रेस ७ माघ २०७९ ८:३७ | Saturday, January 21, 2023
सिट बेल्ट नलगाउँदा बेलायती प्रधानमन्त्री जरिवानामा

बेलायतका प्रधानमन्त्री ऋषि सुनकलाई कारको सिट बेल्ट नलगाएको भन्दै जरिवाना गरिएको छ।

सामाजिक सञ्जालमा भिडियो खिच्ने क्रममा चलिरहेको कारमा सिट बेल्ट नलगाएको भेटिएपछि प्रधानमन्त्री सुनकलाई जरिवाना गरिएको हो। लन्कशायर प्रहरीले लन्डनका ४२ वर्षीय पुरुषलाई निश्चित जरिवानाको सशर्त प्रस्ताव जारी गरेको जनाएको बीबीसीले उल्लेख गरेको छ।

प्रधानमन्त्री सुनकले यो गल्ती हो भनेर पूर्ण रूपमा स्वीकार गरी माफी समेत मागेका छन्। उनले जरिवाना तिर्ने बताएको खबरमा उल्लेख छ। सिट बेल्ट नलगाउने यात्रुलाई बेलायतमा सय पाउन्ड जरिवाना तिराउने गरिन्छ। यदि मुद्दा अदालतमा पुग्यो भने यो जरिबाना ५ सय पाउन्डसम्म पुग्न सक्छ।

सुनकले सरकारमा रहँदा निश्चित जरिवानाको सूचना पाएको यो दोस्रो पटक हो। यसअघि कोरोना रोकथामका लागि गरिएको लकडाउनका नियमहरू तोडेकोमा उनलाई जरिवाना गरिएको थियो।

प्रकाशित: ७ माघ २०७९ ८:३७ | Saturday, January 21, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast