साना र मझौला उद्योग अर्थतन्त्रका मेरुदण्ड हुन्ः चन्द्रप्रसाद ढकाल

हिमाल प्रेस ९ माघ २०७९ १३:५७ | Monday, January 23, 2023
साना र मझौला उद्योग अर्थतन्त्रका मेरुदण्ड हुन्ः चन्द्रप्रसाद ढकाल फाइल तस्बिर

काठमाडौँ- नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले लघु, घरेलु, साना तथा मझौला उद्योग अर्थतन्त्रको मेरुदण्ड भएको बताएका छन्।

सोमबार ललितपुरमा नेपाल उद्योग वाणिज्य महासंघको ‘लघु, घरेलु, साना तथा मझौला उद्योग सम्मेलन’लाई सम्बोधन गर्दै ढकालले यस्तो बताएका हुन्।

उनले भने, ‘साना तथा मझौला उद्योगको विकासले समग्र अर्थतन्त्रमा सकारात्मक टेवा दिनमा शंका छैन, यसको विकासका लागि सरकारले विशेष पहल गर्नुपर्‍यो।’

ढकालले धेरै रोजगारी सिर्जना गर्ने क्षेत्र भएर पनि साना तथा मझौला उद्योगको विकास राम्रोसँग हुन नसकेको बताए।

ढकालले भने, ‘निजी क्षेत्रको जिम्मेवारी सरकार र नीति निर्मातालाई मात्रै दोष दिने नभइ आफ्नो तर्फबाट पनि आवश्यक पहल गर्न जरुरी छ।’ उनले वर्तमान सरकारले निजी क्षेत्रको समस्या समाधानका लागि आवश्यक कामअघि बढाउने कुरामा आफू विश्वस्त रहेको पनि बताए।

प्रकाशित: ९ माघ २०७९ १३:५७ | Monday, January 23, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 − 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast