सहिदको सम्मानमा एमालेले सहिद स्मृति दिवस मनाउने

हिमाल प्रेस १४ माघ २०७९ ११:३२ | Saturday, January 28, 2023
सहिदको सम्मानमा एमालेले सहिद स्मृति दिवस मनाउने

काठमाडौँ- नेकपा एमालेले आज सहिद स्मृति कार्यक्रम आयोजना गरेको छ। प्रजातन्त्र प्राप्तिका लागि सहादत प्राप्त गरेका वीर सहिदहरूको सम्मानमा सहिद स्मृति दिवस मनाउन लागिएको एमाले केन्द्रीय प्रचार विभाग सचिव गगन विष्टले जानकारी दिए।

विसं १९९७ मा सहादत प्राप्त गरेका शुक्रराज शास्त्री, धर्मभक्त, दशरथ चन्द र गंगालालप्रति सम्मान व्यक्त सहादत दिवस मनाउन लागिएको हो। दिउँसो साढे १२ बजे तुल्सीलाल स्मृति प्रतिष्ठान, च्यासलमा हुने कार्यक्रममा पार्टी अध्यक्ष केपी शर्मा ओली सहभागी हुने जनाइएको छ।

सहिदहरूको सम्झना र सम्मानमा सरकारले हरेक वर्ष माघ १० देखि १६ गतेसम्म शहीद सप्ताह मनाउँदै आएको छ।

प्रकाशित: १४ माघ २०७९ ११:३२ | Saturday, January 28, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast