सर्लाहीमा रुखबाट लडेर वृद्धको मृत्यु

हिमाल प्रेस २ माघ २०७९ २१:४२ | Monday, January 16, 2023
सर्लाहीमा रुखबाट लडेर वृद्धको मृत्यु सांकेतिक तस्बिर।

सर्लाही– सर्लाहीको उत्तरी चुरेक्षेत्रमा पर्ने नारायणखोलामा रुखबाट लडेर आज एक जनाको ज्यान गएको छ। घाँस काट्न रुखमा चढेका लालबन्दी नगरपालिका-१४, नारायणखोला नौबिघाका करिब ५५ वर्षीय रामबहादुर स्यांबाको लडेर मृत्यु भएको सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक विजय यादवले जानकारी दिए।

पानीमा डुबेर एक जनाको मृत्यु

सुनसरीको बराहक्षेत्र नगरपालिका-७ बत्तिसआरडीस्थित सुनसरी- मोरङ सिँचाइ आयोजनाको नहरको पानीमा डुबेर आज एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा स्थानीय ४० वर्षीय वीरबहादुर थापा (हिमाल) रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।

नहरमा डुबेर बेपत्ता भएको थाहा पाएसँगै नेपाल प्रहरी, सशस्त्र प्रहरी, नगर प्रहरी तथा स्थानीयवासी खोज कार्यमा लागिपरेका थिए। बेपत्ता भएको करिब २ घण्टापछि एक किलोमिटर टाढा सेरेचौक नजिक शव भेटिएको थियो। शवपरीक्षणका लागि धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको प्रहरीले जनाएको छ। -रासस

प्रकाशित: २ माघ २०७९ २१:४२ | Monday, January 16, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 + 11 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast