सरकार निर्माणप्रति सिके राउतको असन्तुष्टि

हिमाल प्रेस ५ माघ २०७९ ७:४७ | Thursday, January 19, 2023
सरकार निर्माणप्रति सिके राउतको असन्तुष्टि फाइल तस्बिर

काठमाडौँ- जनमत पार्टीका अध्यक्ष डा सिके राउतले मन्त्रपरिषद् विस्तारमा चरम असन्तुष्टि प्रकट गरेका छन्। सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिपरिषद् विस्तार गर्दा मधेशी र थारूलाई राज्यबाटै बहिष्करण गरिएको राउतको आरोप छ।

बुधबार साँझ सामाजिक सञ्जाल मार्फत आफ्नो भनाइ राख्दै राउतले भनेका छन्, ‘कुरा केवल जनमत पार्टीको होइन, जसपा, लोसपा, जनमत, नाउपा सबैलाई पाखा लगाउँदै शासकवर्गले बूलडोज गरेको हो।’

उनले सत्तारूढ गठबन्धनलाई नश्लवादी झुण्ड भनेका छन्। ‘चरम नश्लवादीहरूको झुण्ड पूरै मधेशी र थारूलाई राज्यबाटै बहिष्करण गर्दै, ‘यो देश तिम्रो होइन’ भन्दै, अधिकार खोस्दै, दमन शोषण गर्न अगाडि बढे़का हुन्,’ राउतले लेखेका छन्, ‘मधेशले यसको प्रतिकार गर्नेछ। सडक र आन्दोलनको विकल्प हामीसँग सधैं खुला नै छ।’

 

प्रकाशित: ५ माघ २०७९ ७:४७ | Thursday, January 19, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast