सरकार जोगाउने र ढाल्ने खेलले देश बन्दैन : केपी ओली

हिमाल प्रेस ८ माघ २०७९ १८:१५ | Sunday, January 22, 2023
सरकार जोगाउने र ढाल्ने खेलले देश बन्दैन : केपी ओली फाइल तस्बिर

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी ओलीले सरकार जोगाउने र ढाल्ने ध्यानले स्वस्थ समाज निर्माण गर्न नसकिने बताएका छन्।

आइतबार काठमाडौंमा नेपाल आयुर्वेद स्वास्थ्यकर्मी समाजको पाँचौँ राष्ट्रिय अधिवेशन उद्घाटन गर्दै अध्यक्ष ओलीले सरकारमा हुनेको ध्यान टिक्नेमा र सरकारमा नहुनेको ध्यान सरकार ढाल्नेमा हुने गरेकाले देशतिर ध्यान जान नसकेको बताएका हुन्।

यस्तो अवस्थाबाट माथि उठ्न नसकेसम्म स्वस्थ समाज निर्माण गर्न नसकिने उनको भनाइ छ। साच्चैकै लोकतान्त्रिक अभ्यास गर्ने र स्वस्थ तवरले चल्ने हो भने समाजलाई मद्दत पुराउन सकिने भन्दै ओलीले पद्दतीलाई ठिक बाटोमा लैजाने जिम्मेवारी आफूहरूको भएको ओलीको भनाइ छ।

त्यस्तै ओलीले ०४८ सालको चुनावी घोषणापत्र लेख्दा नै आफूले आयुर्वेद स्वास्थ्यलाई प्राथमिकता दिइएको र आगामी दिनमा पनि यस क्षेत्रको सुधारका लागि सरकारसँग आवश्यक छलफल गर्ने प्रतिबद्धता जनाए।

 

प्रकाशित: ८ माघ २०७९ १८:१५ | Sunday, January 22, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast