 
                             
                                            काठमाडौँ– काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले सम्पदा र सभ्यताको संरक्षण गर्नु युवा पुस्ताको दायित्व भएको बताएका छन्। बिहीबार काठमाडौँमा आयोजित अमूर्त सम्पदा संरक्षण तथा प्रवर्द्धनका लागि काठमाडौँ महानगरपालिकाद्वारा खड्गी सेवा समिति अन्तर्गतका ४७ वटा परम्परागत गुठीहरूलाई आर्थिक अनुदान रकम सहयोगको चेक हस्तान्तरण कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्।
उनले आफ्नो सभ्यता र सम्पदा जोगाउनका लागि अहिलेको युवा पुस्ता नै अन्तिम पुस्ता भएको बताउँदै अहिलेका युवा पुस्ताले पनि सांस्कृतिक सम्पदाहरूको संरक्षण नगरे विस्तारै सम्पदा र सभ्यताहरू लोप हुँदै जाने उल्लेख गरे।
काठमाडौँ उपत्यकावासीहरूले आफ्नो आफ्नो भाषा र संस्कृति, बाजागाजा, सभ्यता, सम्पदा जोगाउने काममा अग्रसर हुन उनले आग्रह गरे।
‘हाम्रो सभ्यता र सम्पदा जोगाउनका लागि हाम्रो पुस्ता अन्तिम हो कि जस्तो लाग्छ। हामीले अब जोगाएनौँ, संरक्षण गरेर राख्न सकेनौँ भने विस्तारै अब आउने दिनहरूमा अझै गाह्रो हुनसक्छ। काठमाडौँ उपत्यकामा बस्ने विभिन्न समुदायले हाम्रो भाषा, साहित्य, संस्कृति, बाजागाजाहरूको सभ्यता, सम्पदा जोगाउने कार्यमा महानगरले सहयोग गर्नेछ,’ उनले भने।

 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                             ![काठमाडौँ महानगरद्वारा अस्पतालहरूमा आकस्मिक व्यवस्थापनको पहल [सहयोगका लागि सम्पर्क नम्बरसहित]](https://himalpress.com/wp-content/uploads/2024/12/kathmandu-plaza.jpg) 
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 