समृद्धिको यात्रालाई अगाडि बढाउने प्रयत्नमा छौँ : ओली

हिमाल प्रेस १६ माघ २०७९ १०:०० | Monday, January 30, 2023
समृद्धिको यात्रालाई अगाडि बढाउने प्रयत्नमा छौँ : ओली फाइल तस्बिर।

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले समाज र राष्ट्रको हितमा निःस्वार्थरूपमा सक्रिय हुँदै अघि बढ्न सबैलाई प्रेरणा मिलोस् भन्ने कामना गरेका छन्।

सहिद दिवसको अवसरमा आज सन्देश दिँदै उनले सहिदको बलिदानी स्वरुप प्राप्त लोकतान्त्रिक व्यवस्थालाई सुदृढ गरी नेपाललाई समृद्ध र नेपालीलाई सुखी बनाउने अभियानमा रहेको बताएका छन्।

उनले सबल लोकतन्त्र, सुदृढ अर्थतन्त्र, सुशासन र सामाजिक न्यायको व्यवहारिक कार्यान्वयनमार्फत मुलुकमा नवनिर्माणको श्रृंखला अघि बढाएर मात्र हामी सहिदले देखाएको मार्ग अनुशरण गर्नसक्ने उल्लेख गरे।

अध्यक्ष ओलीले सहिदले देखेको सपनाकको सार राजनीतिक स्वतन्त्रता मात्र होइन, देशको समृद्धि र जनताको सुख पनि रहेको जनाउँदै भनेका छन्, ‘देशको समृद्धि र जनताको सुख प्राप्तिका लागि हामी राजनीतिक स्थिरता, सुशासन, विकास र समृद्धिको दूरगामी यात्रालाई पुनः अगाडि बढाउने प्रयासमा अघि बढिरहेका छौँ।’

प्रकाशित: १६ माघ २०७९ १०:०० | Monday, January 30, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast