समान विचार भएकासँग राप्रपा नेपालले एकता गर्ने

हिमाल प्रेस ११ माघ २०७९ ७:४५ | Wednesday, January 25, 2023
समान विचार भएकासँग राप्रपा नेपालले एकता गर्ने

काठमाडौँ- राप्रपा नेपालले समान विचार भएका दल तथा समूहसँग सहकार्यको लागि वार्ता कमिटी गठन गरेको छ। सोमबार र मंगलबार काठमाडौँमा बसेको पार्टीको केन्द्रीय समितिको बैठकले वार्ताका निम्ति कमिटी गठन गरेको हो।

उपाध्यक्ष श्याम तिमिल्सिनाको संयोजकत्वमा गठित कमिटीमा महामन्त्री द्वय इन्द्र चित्रकार र राजाराम बर्तौला, सहमहामन्त्री तेज कुरुम्बाङ्ग र मधेश प्रदेशका अध्यक्ष रामनरेश यादव सदस्य रहेका छन्।

वार्ता कमिटीका सदस्य राजाराम बर्तौलाका अनुसार पार्टीले अवलम्बन गरेको नीति ,बिचारसँग सहमत हुने पार्टी, संघसंस्था, समूहसँग वार्ता गरी राप्रपा नेपाललाई बलियो बनाउने अभियानलाई मूर्त रूप दिन यो कमिटीले काम गर्नेछ।

निर्वाचन आयोगमा दर्ता भएका केही पार्टी र अन्य धार्मिक संघ/संस्थासँग तुरुन्तै संवाद सुरु हुने गरी तयारी गरिएको समितिका एक सदस्यले जानकारी दिए ।

अध्यक्ष कमल थापाको अध्यक्षतामा माघ ९ र १० गते काठमाडौँमा बसेको राप्रपा नेपाल केन्द्रीय कार्य समितिको बैठक ‘राप्रपा नेपाललाई फेरी उठाउँछौँ’ भन्ने संकल्पका साथ सम्पन्न भएको छ।

प्रकाशित: ११ माघ २०७९ ७:४५ | Wednesday, January 25, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve + 16 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast