काठमाडौँ- नेकपा एकीकृत समाजवादीका सांसद प्रकाश ज्वालाले प्रतिनिधिसभाको सभामुख सर्वसम्मत हुनुपर्ने बताएका छन्।
आज प्रतिनिधिसभामा बोल्दै प्रधानमन्त्री समेत सर्वसम्मत निर्वाचित भएकाले सभामुखमा ईश्वरी न्यौपानेलाई मतदान गर्न अनुरोध गरे।
उनले संसद्मा धेरै विधेयक र कानुन निर्माण गर्नुपर्ने भएकाले न्यौपाने उपयुक्त हुने बताए। ‘सभामुख रेफ्री मात्र होइन। सभाको नेता पनि हो,’ ज्वालाले भने,‘महिला नेत्रृलाई अघि बढ्नका लागि सबै दलले दलभन्दा माथि उठ्नुपर्छ।
प्रकाशित: ५ माघ २०७९ १२:३३ | Thursday, January 19, 2023
प्रतिक्रिया




