सभामुख र राष्ट्रियसभा निर्वाचनबारे छलफल गर्न बालकोट पुगे प्रधानमन्त्री

हिमाल प्रेस २ माघ २०७९ १०:३० | Monday, January 16, 2023
सभामुख र राष्ट्रियसभा निर्वाचनबारे छलफल गर्न बालकोट पुगे प्रधानमन्त्री

काठमाडौँ- सत्ता साझेदार नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सोमबार बिहान उनको निवास बालकोट पुगेका छन्।

पछिल्लो राजनीतिक अवस्थाका बारेमा छलफल गर्न प्रचण्ड बालकोट पुगेका हुन्।

आउँदै गरेको सभामुख निर्वाचन, राष्ट्रियसभा निर्वाचनका साथै मन्त्रिपरिषद् विस्तारका बारेमा छलफल भइरहेको ओलीनिकट स्रोत जनाउँछ।

संसद्बाट पुस २६ गते विश्वासको मत लिएपछि प्रधानमन्त्री प्रचण्ड दोस्रो पटक ओली निवास बालकोट पुगेका हुन्।

 

प्रकाशित: २ माघ २०७९ १०:३० | Monday, January 16, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five − two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast