सभामुख पदका लागि मतदान प्रक्रिया सुरु

हिमाल प्रेस ५ माघ २०७९ १५:०३ | Thursday, January 19, 2023
सभामुख पदका लागि मतदान प्रक्रिया सुरु

काठमाडौँ-  प्रतिनिधिसभा सभामुखको निर्वाचनका लागि मतदान प्रक्रिया सुरु भएको छ। प्रतिनिधिसभाको बिहीबार जारी बैठकमा सभामुख निर्वाचन प्रक्रिया सुरु भएको हो।
सभामुखका लागि सत्ता गठबन्धनबाट एमालेका सांसद देवराज घिमिरे र नेपाली कांग्रेसबाट  ईश्वरीदेवी न्यौपाने प्रतिस्पर्धामा छन्।

घिमिरेको प्रस्तावकमा सुवासचन्द्र नेम्बाङ, समर्थकमा हितराज पाण्डे, राजेन्द्रप्रसाद लिङदेन र रवि लामिछाने छन्। न्यौपानेको प्रस्तावकमा विश्वप्रकाश शर्मा र समर्थकमा प्रकाश ज्वाला छन्।

दुई सय ७५ सदस्य रहेको प्रतिनिधिसभामा सभामुख जित्न १ सय ३८ मत चाहिन्छ।

सत्ता गठबन्धन र विपक्षी गठबन्धनका तर्फबाट दुई जना मैदानमा छन्। सत्ता गठबन्धनबाट एमालेका देवराज घिमिरे र विपक्षी कांग्रेस गठबन्धनबाट कांग्रेसकी ईश्वरी न्यौपाने प्रतिस्पर्धामा छन्।

एमालेका मिरेलाई सत्ता गठबन्धन चार पार्टीको समर्थन छ। जसअनुसार नेकपा एमालेको ७८, माओवादी केन्द्रको ३२, स्वतन्त्र पार्टीको २०, राप्रपाको १४ मत छ। सभामुखमा जित्नका लागि १३८ मत आवश्यक पर्छ। चार दलको मत जोड्दा १४४ मत हुन्छ। न्यौपानेलाई भने कांग्रेससहित, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीका सांसदको समर्थन छ।

संघीय प्रतिनिधिसभामा कांग्रेसको ८९, नेकपा एकीकृत समाजवादीको १०, जनता समाजवादीको १२ र लोकतान्त्रिक समाजवादीको चार सिट छ। यी सबैको जोड्दा विपक्षी गठबन्धनको ११५ सिट हुन्छ। तर कांग्रेसका निलम्बित सांसद टेकबहादुर गुरुङलाई मताधिकार नहुँदा ११४ मात्र हुने देखिन्छ।

प्रकाशित: ५ माघ २०७९ १५:०३ | Thursday, January 19, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast