काठमाडौँ- बिहीबार सभामुख चुनिएका देवराज घिमिरेले आज दिउँसो शपथ लिने भएका छन्।
घिमिरेले आज दिउँसो ११ बजे राष्ट्रपति विद्यादेवी भण्डारीबाट सभामुखको पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम छ।
आजै सिंहदरबारमा पदबहाली समेत रहेको संसद् सचिवालयले जनाएको छ।
योसँगै घिमिरेले मध्यान्ह १२ :३० मा लैनचौरस्थित सहिदको शालिकमा माल्र्यापण गर्ने कार्यक्रम छ। घिमिरे हिजो मात्रै १६७ मत ल्याएर प्रतिनिधिसभाबाट निर्वाचित भएका हुन्।
प्रकाशित: ६ माघ २०७९ ९:३६ | Friday, January 20, 2023
प्रतिक्रिया




