सभामुखमा जनमोर्चाले कांग्रेसकी न्यौपानेलाई मत दिने

हिमाल प्रेस ५ माघ २०७९ १४:३२ | Thursday, January 19, 2023
सभामुखमा जनमोर्चाले कांग्रेसकी न्यौपानेलाई मत दिने फाइल तस्बिर

काठमाडौँ- राष्ट्रिय जनमोर्चाले सभामुखमा नेपाली कांग्रेसकी ईश्वरी न्यौपानेलाई समर्थन गरेको छ। बिहीबार सभामुख चयनका लागि जारी संसद् बैठकमा धारणा राख्दै जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले कांग्रेस उम्मेदवार न्यौपानेलाई समर्थन गर्ने बताएका हुन्।

उनले छातीमा ढुंगा राखेर न्यौपानेलाई समर्थन गर्नुपरेको स्पष्ट पारे। सात भाइले हलोका लागि रुख काट्दा रुखसँगै आफूहरु पनि भीरबाट खसेको कथा भन्दै केसीले विपक्षीमा बस्छु भनेको कांग्रेसले किन सरकारलाई समर्थन गर्न सकेन? भनि प्रश्न पनि गरे।

उनले सरकारमा भएका मन्त्रीहरुको रेकर्ड कस्तो छ भन्दै प्रश्न पनि गरे। ‘गृहमन्त्रीको रेकर्ड के छ? सहरी विकास मन्त्रीको रेकर्ड के छ?’ केसीले सोधे।

प्रकाशित: ५ माघ २०७९ १४:३२ | Thursday, January 19, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast