काठमाडौँ- नेपाली कांग्रेसले सभामुख निर्वाचनम ईश्वरी न्यौपानेलाई मतदान गर्न ह्वीप जारी गरेको छ। कांग्रेसका मुख्यसचेतक रमेश लेखकले बुधबार ह्वीप जारी गर्दै पार्टीकी उम्मेदवार न्यौपानेलाई मत दिन आग्रह गरेका हुन्।
आज सभामुखका उम्मेदवारको उम्मेदवारी दर्ता भएको छ। सत्ता गठबन्धनबाट एमालेका देवराज घिमिरे र कांग्रेससहितको गठबन्धनको तर्फबाट न्यौपानेको उम्मेदवारी परेको छ।
बिहीबार बिहान ११ बजे बस्ने प्रतिनिधि सभा बैठकमा सभामुख चयनबारे मतदान हुँदैछ।

प्रकाशित: ४ माघ २०७९ १८:४४ | Wednesday, January 18, 2023
प्रतिक्रिया




