सभामुखमा आफ्नो जित सुनिश्चित रहेको घिमिरेको दाबी

हिमाल प्रेस ४ माघ २०७९ १३:३६ | Wednesday, January 18, 2023
सभामुखमा आफ्नो जित सुनिश्चित रहेको घिमिरेको दाबी सभामुखमा उम्मेदवारी दिएपछि एमालेका देवराज घिमिरे। तस्बिर : हिमालप्रेस

काठमाडौँ- नेकपा एमालेबाट सभामुखमा उम्मेदवारी दिएका देवराज घिमिरेले आफ्नो जित सुनिश्चित रहेको दाबी गरेका छन्। सभामुखमा बुधबार उम्मेदवारी दिएपछि उनले सञ्चारकर्मीसँगको कुराकानीका क्रममा यस्तो दाबी गरेका हुन्। उनले भने, ‘दलीय समर्थनका हिसाबले मेरो जित सुनिश्चित छ।’

घिमिरेले आफू सभामुख भएमा सदनमा विगतका असल अभ्यासबाट शिक्षा लिएर तटस्थ भूमिका निर्वाह गर्ने बताए।

घिमिरेको प्रस्तावकमा एमाले सांसद सुवासचन्द्र नेम्वाङ छन् भने समर्थकमा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे, उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने र उपप्रधान तथा ऊर्जामन्त्री राजेन्द्र लिङ्देन छन्।

घिमिरे गत मंसिर ४ को निर्वाचनमा झापा २ बाट निर्वाचित हुन्। उनी एमाले अध्यक्ष केपी शर्मा ओली निकट मानिन्छन्। सभामुखको निर्वाचन बिहीबार हुने कार्यतालिका छ।

प्रकाशित: ४ माघ २०७९ १३:३६ | Wednesday, January 18, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 + twenty =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast