सन्दीपलाई थुनामै राख्न माग गर्दै सर्वोच्चमा निवेदन

हिमाल प्रेस १७ माघ २०७९ १७:४६ | Tuesday, January 31, 2023
सन्दीपलाई थुनामै राख्न माग गर्दै सर्वोच्चमा निवेदन फाइल तस्बिर

काठमाडौँ– नाबालिगमाथि बलात्कार अभियोगमा मुद्दा खेपिरहेका क्रिकेटर सन्दीप लामिछानेलाई थुनामै राख्न मागसहित सर्वोच्च अदालतमा निवेदन परेको छ। उच्च अदालत पाटनको आदेशमा केन्द्रीय कारागारबाट रिहा भएका लामिछानेलाई थुनामै राख्न माग गर्दै निवेदन परेको हो।

उनलाई थुनामै राखेर मुद्दाको पुर्पक्ष गर्नुपर्ने मागसहित महान्यायाधिवक्तको कार्यालयले मंगलबार निवेदन दिएको हो। उच्च अदालतको आदेशअनुसार सन्दीप पुस २९ मा रिहा भएका थिए।

गत पुस २८ गते उच्च अदालत पाटनले राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तानसमेत रहेका लामिछानेलाई २० लाख धरौटीमा रिहा गर्न आदेश दिएको थियो।

पुस २८ गते उच्च अदालत पाटनका न्यायाधीश ध्रुवराज नन्द र रमेश ढकालको संयुक्त इजलासले यसअघि पुर्पक्षका लागि थुनामा राख्ने जिल्ला अदालत काठमाडौंको आदेश बदर गर्दै लामिछाने रिहा भएका थिए।

प्रकाशित: १७ माघ २०७९ १७:४६ | Tuesday, January 31, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven + 19 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast