‘सती देवी’ मलिका

हिमाल प्रेस १३ माघ २०७९ १२:२१ | Friday, January 27, 2023
‘सती देवी’ मलिका

काठमाडौँ- अभिनेत्री मलिका महत फिल्म ‘सती देवी’मा काम गर्ने भएकी छन्। फिल्ममा उनी सती देवीको भूमिकामा देखिनेछिन्।

मलिकाले फिल्म ‘यात्रा’ बाट अभिनय क्षेत्रमा प्रवेश गरेकी हुन्। फिल्ममा उनले अभिनेता सलिन मान बानियाँसँग काम गरेकी थिइन। पछिल्लो समय उनी खगेन्द्र लामिछाने निर्देशित फिल्म ‘पानीफोटो’मा देखिएकी थिइन्।

‘सती देवी’ मा मलिकासँगै भोला सापकोटा, कुलदीप अधिकारी, मनीषा सापकोटालगायत कलाकारले अभिनय गर्नेछन्।

लक्ष्मण सुवेदीको निर्देशनमा बन्ने फिल्मका लागि चलचित्र विकास बोर्डबाट निर्माण इजाजत पनि लिइसकिएको छ। महिला प्रधान फिल्ममा लेखन र निर्माण पनि निर्देशक सुवेदीकै हो।

वसन्त पञ्चमीको अवसरमा निर्देशक सुवेदीले फिल्मबारे जानकारी सार्वजनिक गरेका हुन्। अरू कलाकार छनोट हुन बाँकी रहेको पनि उनले जानकारी दिएका छन्। फिल्मको छायांकन फागुनबाट सुरु हुनेछ।

 

 

प्रकाशित: १३ माघ २०७९ १२:२१ | Friday, January 27, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast