संसद्‌मा तटस्थ भूमिका निर्वाह गर्छु : सभामुख घिमिरे

हिमाल प्रेस ५ माघ २०७९ १६:१५ | Thursday, January 19, 2023
संसद्‌मा तटस्थ भूमिका निर्वाह गर्छु : सभामुख घिमिरे

काठमाडौँ- नवनिर्वाचित सभामुख देवराज घिमिरेले सभाको प्रतिनिधित्व आफूले ठिक ढंगबाट गर्ने बताएका छन्।  बिहीबार प्रतिनिधि सभाको बैठकबाट सभामुखमा निर्वाचित भएपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन्।

सभामुखमा रहँदा निष्पक्ष र तटस्थ भमिकामा आफू कार्यसम्पादनमा लाग्ने उनको भनाइ छ। विगतबाट शिक्षा लिँदै संसद्लाई चुस्त बनाएर अघि बढ्ने प्रतिबद्धता पनि जनाए। ‘म निष्पक्षताका साथ सभा सञ्चालनमा लाग्नेछु। प्रतिनिधि

सभाको प्रतिनिधित्व ठिक ढंगले गर्नेछु,’ उनले भने, ‘विगतका सभामुखहरूको कामबाट शिक्षा लिँदै संसदलाई चुस्त बनाउन लाग्नेछु।’

बिहीबार  प्रतिनिधि सभा बैठकमा भएको मतदानमा सत्तारुढ दलका साझा उम्मेदवार घिमिरे १६७ मत प्राप्त गरी सभामुखमा निर्वाचित भएका हुन्। कांग्रेसका तर्फबाट उम्मेदवार रहेकी ईश्वरीदेवी न्यौपानेले भने १०० मत प्राप्त गरिन्।

प्रकाशित: ५ माघ २०७९ १६:१५ | Thursday, January 19, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − fourteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast