संविधान राम्रो बने पनि देशमा स्थिरता भएन : पूर्वराष्ट्रपति यादव

हिमाल प्रेस ८ माघ २०७९ १८:२३ | Sunday, January 22, 2023
संविधान राम्रो बने पनि देशमा स्थिरता भएन : पूर्वराष्ट्रपति यादव

काठमाडौँ- पूर्वराष्ट्रपति डा. रामवरण यादवले मुलुकका राम्रो संविधान बने पनि राजनीतिक स्थिरता पाउन नसकेको बताएका छन्।

मीनकुमारी राणा प्रतिष्ठानले आइतबार भक्तपुरमा आयोजना गरेको कार्यक्रममा यादवले मुलुकको संविधान बनाउन आफूले पनि राम्रो भूमिका निर्वाह गरेको र संविधान राम्रै बने पनि राजनीतिक स्थिरता पाउन नसकेको बताएका हुन्।

अझै पनि जनतालाई आड भरोसा र विश्वास दिलाउन नसकिएको धारणा पनि राखे। असल सन्तानले मात्रै आफ्ना बाबु-आमालाई सधैँ जीवन्त राख्ने र सम्झने गरी कार्यक्रम गर्ने उनको भनाइ छ।

पूर्वराष्ट्रपति यावदले प्रतिष्ठानले प्रदान गरेको मीनकुमारी स्मृति पुरस्कारबाट जनही ५१ हजार रुपैयाँसहित वरिष्ठ साहित्यकार ध्रुवचन्द्र गौतम, वरिष्ठ पत्रकार हरिहर विरही, प्रजातन्त्र सेनानी माथवरसिंह बस्नेत र वरिष्ठ बक्सिङ प्रशिक्षक मदनकुमार गुरुङलाई पुरस्कार एवम् सम्मान प्रदान गरे।

प्रतिष्ठानका अध्यक्ष कविर राणाले बैङ्कोटेश्वर गुरुकुल विद्यालयलाई छात्रवृत्ति कोष स्थापना गर्न ५१ हजार रुपैयाँ हस्तान्तरण गरे।

प्रकाशित: ८ माघ २०७९ १८:२३ | Sunday, January 22, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast