 संघीय संसद् सचिवालयका महासचिव भरतराज गौतम।
                             संघीय संसद् सचिवालयका महासचिव भरतराज गौतम।
                                            काठमाडौँ– संघीय संसद सचिवालयका महासचिव भरतराज गौतमले संघीयतामाथि प्रश्न गरेर द्वन्द्व ननिम्त्याउन आग्रह गरेका छन्।
शनिबार काठमाडौँमा संसदीय अध्ययन तथा विकास संस्थापना अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। पछिल्लो समय संघीयताको विषयलाई लिएर विभिन्न प्रश्न उठिरहेको भन्दै संघीयतामाथि प्रश्न गरेर द्वन्द्व ननिम्त्याउन सम्बन्धित पक्षहरूलाई उनले आग्रह गरेका हुन्।
हरेक १५ वर्षमा देशको राज्य-संरचना परिवर्तन गरेर जान नसकिने स्पष्ट पार्दै महासचिव गौतमले संघीयतामाथि प्रश्न उठाउँदै जाने हो भने राज्यका सबै पक्ष र निकाय ठूलो संकटमा पर्ने बताए। संघीयतालाई जति ठूलो विषय बनाइन्छ त्यति नै फस्दै जाने सम्भावना रहेको उनको भनाइ छ।
‘संघीयता भएपछि सात प्रदेश छन्, सात हुँदा पनि चलाउन सकेनौं भनेका छौँ, यसमा म अप्रेशनल कुरा देख्छु। अब संघीयतालाई फेरि अर्को प्रश्न गरेर यसलाई द्वन्द्व निम्त्याउनु छ र हामीले?,’ उनले प्रश्न गरे।

 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 