श्रममन्त्रीमाथिको आरोप पुष्टि गरेर देखाउनुस्, पहिलो कारबाही म नै गर्छु : गृहमन्त्री लामिछाने

हिमाल प्रेस ५ माघ २०७९ १७:५७ | Thursday, January 19, 2023
श्रममन्त्रीमाथिको आरोप पुष्टि गरेर देखाउनुस्, पहिलो कारबाही म नै गर्छु : गृहमन्त्री लामिछाने फाइल तस्बिर

काठमाडौँ– उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले राज्यका निकायहरूलाई निरिह बनाइएकाले आफूले गरेका कामहरूको प्रतिफल आउन समय लाग्ने बताएका छन्।

बिहीबार प्रतिनिधिसभाको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन्।गलत काम गर्नेलाई कारबाही गर्न पछि नहट्ने उनको भनाइ छ।

‘नदेख्ने भन्ने कुरा नै हुँदैन। तरसभामुखबाट रुलिङ हुनुपर्छ। मैले भनिसकेको छु। राज्यका निकायहरूलाई निरिह बनाइएको छ, नतिजा आउन समय लाग्छ। हेर्दै जानुहोला, नतिजा आउनेछ। गलत काम गरेका मानिसहरू कोही पनि बाँकी रहँदैन। केही समयका लागि लुक्ने भाग्ने होला तर हामी समातेरै छोड्छौं,’ उनले भने।

म्यानपावरमा संलग्न व्यक्तिलाई मन्त्री बनाएका छन् भन्ने आरोप लगाइएको छ भन्ने प्रश्नमा उनले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्याल संलग्न भएको भए कुन म्यानपावरमा हो जानकारी दिन र आरोप पुष्टि भए आफूले नै पहिलो कारबाही गर्ने पनि दाबी गरे।

प्रकाशित: ५ माघ २०७९ १७:५७ | Thursday, January 19, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 + nine =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast