शम्भुनाथ नगरपालिकाका इन्जिनियर घूससहित पक्राउ

हिमाल प्रेस ३ माघ २०७९ १६:५१ | Tuesday, January 17, 2023
शम्भुनाथ नगरपालिकाका इन्जिनियर घूससहित पक्राउ सांकेतिक तस्बिर।

जनकपुरधाम- सप्तरीको शम्भुनाथ नगरपालिकामा कार्यरत इन्जिनियर रामचन्द्र साह घूसको रकमसहित पक्राउ परेका छन् ।

निर्माण कार्यको भुक्तानी बापत सेवाग्राहीसँग घूस माग गरिरहेको भन्‍ने सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीबाट खटिएको टोलीले इन्जिनियर साहलाई आज मंगलबार पक्राउ गरेको हो।

उनले सेवाग्राहीबाट एक लाख ४० हजार रुपैयाँ घूसबापतको रकम लिएको अवस्थामा पक्राउ गरेको हो। पक्राउ परेका इंजीनियर साहमाथि थप अनुसन्धान भइरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए।

प्रकाशित: ३ माघ २०७९ १६:५१ | Tuesday, January 17, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty + fourteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast