विश्वासको मतले मुलुक अघि बढाउने चुनौतीपूर्ण अवसर प्राप्त भयो : प्रधानमन्त्री प्रचण्ड

हिमाल प्रेस २७ पुष २०७९ १३:५० | Wednesday, January 11, 2023
विश्वासको मतले मुलुक अघि बढाउने चुनौतीपूर्ण अवसर प्राप्त भयो : प्रधानमन्त्री प्रचण्ड प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ काठमाडौँमा बुधबार आयोजित योङ कम्युनिस्ट लिग नेपाल केन्द्रीय समितिको तेस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै। तस्बिर : रासस

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकलाई अघि बढाउने चुनौतीपूर्ण अवसर प्राप्त भएको बताएका छन्।

काठमाडौँमा बुधबार योङ कम्युनिस्ट लिग नेपालको तेस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै माओवादी अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्डले संसद्को पहिलो अधिवेशनबाट असाधारण र अभूतपूर्व रूपमा विश्वासको मत प्राप्त भएको र नेपालको इतिहासमा मुलुकलाई अघि बढाउने चुनौतीपूर्ण अवसर प्राप्त भएको बताएका हुन्।

उनले विगतमा क्रान्तिद्वारा गणतन्त्र स्थापना गर्ने र संविधानसभाबाट समावेशी र समानुपातिक संविधान निर्माण गर्ने चुनौतीपूर्ण काम माओवादीकै नेतृत्वमा भएको दाबी गरे। उनले भने, ‘अब मुलुकलाई अघि बढाउने अवसर पनि पूरा गरिनेछ।’

प्रचण्डले पार्टी र सरकारलाई सफल बनाउन वाईसीएलको संस्थागत पहलकदमी आवश्यक भएको र संगठन विस्तार गरेर पार्टीलाई सुदृढ बनाउन कार्यकर्तालाई निर्देशन दिए। उनले यसअघि माओवादी नेतृत्वको सरकारले सुरु गरेका कतिपय राम्रा कार्यक्रमलाई विभिन्न कारणले कार्यान्वयन गर्न नसकिएको भन्दै अब संकल्पका साथ सबै काम पूरा गर्ने दाबी गरे।

प्रकाशित: २७ पुष २०७९ १३:५० | Wednesday, January 11, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 + thirteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast