काठमाडौँ- पोखरामा दुर्घटनामा परेको यती एयरको जहाजबाट अहिलेसम्म ६८ जनाको शव भेटिएको छ। नेपाल नागरिक उड्ययन प्राधिकरणको खोज तथा उद्धार समन्वय केन्द्रले दिएको जानकारीअनुसार बिहान १०:३२ बजे पोखराका लागि काठमाडौँबाट उडेको जहाज दुर्घटनामा परेको थियो।
जहाजमा ५३ जना नेपाली, पाँच भारतीय, रसियन ४, आयरल्यान्डका एक, अस्ट्रेलियन नागरिक एक, अर्जेन्टिनी नागरिक एक, कोरियन दुई, फ्रान्सेली एक गरी जम्मा ६८ यात्रु रहेका थिए। चालक दलका चार जना सदस्य पनि थिए। योसँगै जहाजमा ७२ जना थिए।
१०:५० मिनेट जाँदा जहाज सेती खोँचमा सम्पर्कमा आएको बताइएको छ। त्यसलगत्तै जहाज दुर्घटनामा परेको प्राधिकरणले जनाएको छ।

प्रकाशित: १ माघ २०७९ १६:३१ | Sunday, January 15, 2023
प्रतिक्रिया



