विमान दुर्घटनामा परेका ७१ जनाको शव भेटियो, एकको अवस्था अझै अज्ञात

हिमाल प्रेस ३ माघ २०७९ १८:३२ | Tuesday, January 17, 2023
विमान दुर्घटनामा परेका ७१ जनाको शव भेटियो, एकको अवस्था अझै अज्ञात २०७९ माघमा पोखरामा भएको विमान दुर्घटना। काठमाडौँदेखि पोखराका लागि उडेको यति एयरको विमानमा ७२ यात्रु सवार थिए। फाइल तस्बिर

काठमाडौँ– पोखराको सेती खोचमा माघ १ गते भएको जहाज दुर्घटनामा परेका थप एक जनाको शव फेला परेको छ। मंगलबार दुर्घटनास्थलदेखि करिब तीन सय मिटर तल एक महिलाको शव भेटिएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ।

प्राधिकरणका अनुसार हालसम्म दुर्घटनामा ७१ जनाको भेटिएको छ। एक जनाको अवस्था अज्ञात छ। आइतबाट काठमाडौँबाट पोखराका लागि उडेको यती एयरलाइन्सको एटीआर ९–एन एएनसी विमान सेती खोचमा दुर्घटना परेको थियो।

विमानमा ६८ यात्रु र चालक दलका चार जना सवार थिए। विमान दुर्घटनाको विषयमा अध्ययन गर्न सरकारले जाँचबुझ आयोग बनाएको छ। एटीआर निर्माण कम्पनीबाट पनि ९ सदस्ययीय टोली घटनास्थल पुगेर अध्ययन गरिरहेको छ।

प्रकाशित: ३ माघ २०७९ १८:३२ | Tuesday, January 17, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen + 17 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast