विमान दुर्घटनामा दुःख व्यक्त गर्दै चिनियाँ राष्ट्रपतिको पत्र

हिमाल प्रेस ३ माघ २०७९ १८:४० | Tuesday, January 17, 2023
विमान दुर्घटनामा दुःख व्यक्त गर्दै चिनियाँ राष्ट्रपतिको पत्र

काठमाडौँ– चिनियाँ राष्ट्रपति सी चिन फिङले विमान दुर्घटनाबारे दुःख व्यक्त गर्दै पत्र पठाएका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीको नाममा पठाइएको पत्रमा चिनियाँ राष्ट्रपति सीले दुर्घटनामा परी मृत्यु भएकाप्रति श्रद्धाञ्जलि र परिवारप्रति सहानुभूति व्यक्त गरेका छन्।

राष्ट्रपति सीले दुःखको घडीमा चीन सरकार नेपाली जनतासँगै रहेको बताएका छन्। यसअघि दुर्घटना भएकै दिन नेपालका लागि चिनियाँ राजदूत छन् सोङले दुःख व्यक्त गरेका थिए।

माघ १ गते काठमाडौँबाट पोखराका लागि उडेको यती एयरलाइन्सको विमान पोखरा सेती खोचमा दुर्घटना भएको थियो। दुर्घटनामा विमानमा सवारमध्ये ७१ जनाको शव भेटिएको छ। एकको अवस्था अज्ञात रहेको नेपाल नागरिक उड्डयन मन्त्रालयले जनाएको छ।

प्रकाशित: ३ माघ २०७९ १८:४० | Tuesday, January 17, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen + 6 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast