विमान दुर्घटनाबारे सदन र जनतालाई जानकारी गराउन कांग्रेसको माग

हिमाल प्रेस ५ माघ २०७९ ११:४४ | Thursday, January 19, 2023
विमान दुर्घटनाबारे सदन र जनतालाई जानकारी गराउन कांग्रेसको माग कांग्रेस प्रमुख सचेतक रमेश लेखक

काठमाडौँ- नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले सरकार सदनप्रति उदासीन, पीडित परिवारप्रति निरपेक्ष र जनताप्रति कर्तव्यविमुख हुन नमिल्ने बताएका छन्।

प्रतिनिधिसभाको बिहीबारको बैठकमा समय माग गरी बोल्दै उनले यस्तो बताएका हुन्। लेखकले सरकारले विमान दुर्घटनामा परी निधन हुनेहरूको शव पहिचान भइसक्दासमेत आफन्तलाई बुझाउने प्रक्रियामा ढिलाइ गर्दा आफन्तमाथि झनै पीडा थपिएको बताए।

उनले विमान दुर्घटनाबारे उठेका सबै पक्षको सम्बोधन गर्न सरकारलाई निर्देशन गर्न पनि सदनको ध्यानाकर्षण गराए। उनले संसद् बैठकमा विमान दुर्घटनामा परी निधन हुनेका लागि सदनमा विषयवस्तु प्रवेश गराइने आश गरे पनि त्यसो हुन नसकेको बताए। माघ १ गते काठमाडौँबाट पोखरा उडेको यती एयरको विमान पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नजिकैको सेती खोचमा दुर्घटना हुँदा ७२ जनाको निधन भएको थियो।

विमान दुर्घटना छानबिनका लागि सरकारले पाँच सदस्यीय छानबिन समिति बनाएको र समितिले आफ्नो निश्चित समयभित्र अध्ययन प्रतिवेदन बुझाउने आशा गरेको बताए।

प्रकाशित: ५ माघ २०७९ ११:४४ | Thursday, January 19, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast