विपद्‌को विषय विद्यालय तहको पाठ्यक्रममै राख्न विज्ञको सुझाव

हिमाल प्रेस २७ पुष २०७९ १३:१४ | Wednesday, January 11, 2023
विपद्‌को विषय विद्यालय तहको पाठ्यक्रममै राख्न विज्ञको सुझाव

काठमाडौँ- विपद् जोखिम न्यूनीकरण र सावधानीको विषय विद्यालय तहको पाठ्यक्रममै समावेश गर्न आवश्यक रहेको विज्ञले सुझाव दिएका छन्।

बुधबार काठमाडौँमा आयोजित विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनसँग सम्बन्धित एक अन्तरक्रिया कार्यक्रममा बोल्दै डा. रञ्जनकुमार दाहालले विपद्को बारेमा जानकारी दिन विद्यालयको पाठ्यक्रममा नै अध्ययन, अध्यापन गराउन आवश्यक रहेको बताएका हुन्। उनले सम्भावित जोखिम न्यूनीकरण गर्न प्रत्येक पालिकामा भूगर्भविद् इन्जिनियर आवश्यक रहेको बताए।

कार्यक्रममा विपद् विज्ञहरूले नेपालमा विपद्का जोखिमहरू बढिरहेको भन्दै आवश्यक सावधानी अपनाउन आग्रह गरेका छन्। डा. दाहालले नेपालमा जलवायु परिवर्तनका कारण कुनै पनि बेला विपद् आउन सक्ने भएकाले यसबारे सजगता अपनाउनुपर्ने बताए।

‘भौतिक संरचनाहरू बनाउँदा पनि आवश्यक र दूरगामी अध्ययन हुन नसक्दा यस्ता समस्याहरू दिनप्रतिदिन बढ्दै गइरहेका छन्,’ उनले भने, ‘विपद् जोखिम न्यूनीकरणका लागि बाँकी रहेका जोखिमहरूको पहिचान गरी विस्तृत योजना बनाई स्थानीय तहहरूसँग मिलेर अघि बढ्न आवश्यक छ।’

विपद् जोखिम न्यूनीकरणका लागि अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजना बनाएर अघि बढ्न स्थानीय सरकारलाई सुझाव दिएका छन्।

प्रकाशित: २७ पुष २०७९ १३:१४ | Wednesday, January 11, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast