फाइल तस्बिर
काठमाडौँ- उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले गृह मन्त्रालय विधि र पद्धतिभन्दा एक इन्च पर नजाने बताएका छन्।
आज प्रतिनिधिसभाको बैठकमा कांग्रेसका सांसदले ‘फरार अभियुक्त सांसदबारे जानकारी दिन’ गरेको अनुरोधको जवाफ दिँदै गृहमन्त्रीले निश्चित प्रक्रिया पूरा गरेर अघि बढ्ने बताए।
राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष समेत रहेका लामिछानेले आफ्नो पार्टीले सभामुखमा देवराज घिमिरेलाई मतदान गर्ने बताए। एमाले सांसद सुवास नेम्वाङको प्रस्तावलाई उनले समर्थन गरेका हुन्।
प्रकाशित: ५ माघ २०७९ १२:१० | Thursday, January 19, 2023
प्रतिक्रिया




