 
                             
                                            काठमाडौँ- नेपाल विद्यालय कर्मचारी परिषद् राष्ट्रिय समितिले विद्यालयमा कार्यरत कर्मचारीलाई शिक्षकका संगठनको सदस्यता लिन बाध्य नपार्न आग्रह गरेको छ।परिषद्ले शिक्षकका संगठनहरूले आफ्नो राजनीति आस्थाको आधारमा विद्यालयका प्रधानाध्यापक, व्यवस्थापन समितिको करकापबाट सदस्यता लिन बाध्य पारिएकोले व्यक्तिगत स्वतन्त्रता हनन हुने कार्य नगर्न आग्रह गरेको हो।
यसका साथै परिषद्ले देशभरका जिल्ला अध्यक्ष र पालिका प्रमुखलाई संस्थागत प्रयोजन बाहेक अन्य कुनै बहानामा आर्थिक सहयोग नगर्न आग्रह गरेको छ। विद्यालयका कर्मचारीले कुनै बहानामा रकम उठाउन खोजेमा त्यसको यथार्थ बुझेर मात्र सहयोग गर्न परिषद्ले आग्रह गरेको छ।
                            प्रकाशित: २१ पुष  २०७९ १२:०५ 
                        
                        
                    
                        प्रतिक्रिया
                        
		
	
                    
                    
 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 