वायुसेवा निगम डुबेको टुलुटुलु हेर्न सक्दिनँ : पर्यटन मन्त्री किराती

हिमाल प्रेस ९ माघ २०७९ १६:४२ | Monday, January 23, 2023
वायुसेवा निगम डुबेको टुलुटुलु हेर्न सक्दिनँ : पर्यटन मन्त्री किराती फाइल तस्बिर।

काठमाडौँ– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले वायुसेवा निगमका जहाजहरूको दैनिक रिपोर्ट पनि पेस गर्न निर्देशन दिएका छन्। सोमबार वायुसेवा निगमको कार्यालय निरीक्षण गर्दै मन्त्री किरातीले यस्तो निर्देशन दिएका हुन्। निगमका जहाज समयमा नै नउड्दा बदनाम हुन पुगेको भन्दै अब दैनिक रिपोर्ट पनि पेस गर्न उनले निर्देशन दिएका हुन्।

हवाई सेवामा एक सेकेन्डको पनि महत्त्व हुने भन्दै समयमै जहाज उडाउन र नेपाली समयको बदनाम नगर्न उनले चेतावनी दिए। मन्त्री किरातीले निगम सुधारका लागि छिट्टै आर्थिक योजना पेस गर्न र एक महिनाभित्र अनलाइनमार्फत् टिकट काट्ने व्यवस्था गर्न पनि निगमलाई निर्देशन दिए। उनले निगममा रहेर काम गर्न नसके मार्गप्रसस्त गर्न पनि सुझाव दिए।

यसअघि भएका गल्तीलाई अब उपरान्त नदोहोर्‍याउन निर्देशन दिँदै उनले सकारात्मक काममा सधै साथ दिने स्पष्ट पारे। ‘निजी हवाई कम्पनीहरू नाफामा गइरहेका छन्। तर वायुसेवा निगम किन घाटामा गइरहेको छ? यसमा हामीले ध्यान दिनैपर्छ। निगम डुबेको टुलुटुलु हेर्न म सक्दिनँ,’ उनले भने।

प्रकाशित: ९ माघ २०७९ १६:४२ | Monday, January 23, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast