वसन्तपुरमा वसन्त पञ्चमी(फोटो फिचर)

हिमाल प्रेस १२ माघ २०७९ ११:५२ | Thursday, January 26, 2023
वसन्तपुरमा वसन्त पञ्चमी(फोटो फिचर)

काठमाडौँ- आज वसन्त पञ्चमी। प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन वसन्त पञ्चमी मनाइने गर्छ।

हनुमानढोकाको नासलचोकमा वसन्त श्रवण कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, कायममुकायम प्रधानन्यायधीश हरिकृष्ण कार्की, सभामुख देवराज घिमिरे, राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिम्सिनालगायतको सहभागिता जनाएका छन्। प्रत्येक वर्ष यस अवसरमा राष्ट्रपतिलगायत विभिन्न ओहोदामा रहेका राजनीतिक र कूटनीतिकज्ञहरू वसन्तपुर पुग्ने गरेका छन्।

नेपाल पञ्चांग निर्णायक विकास समितिले दिएको साइतअनुसार बिहान १०ः४७ बजे हनुमानढोकाको नासलचोकमा वसन्त श्रवण कार्यक्रम राखिएको थियो।

तस्बिर : प्रधानमन्त्रीको सचिवालय

 

 

प्रकाशित: १२ माघ २०७९ ११:५२ | Thursday, January 26, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast