लुम्बिनी प्रदेशका मुख्यमन्त्री गिरीले शपथ लिँदै

हिमाल प्रेस २८ पुष २०७९ ७:४५ | Thursday, January 12, 2023
लुम्बिनी प्रदेशका मुख्यमन्त्री गिरीले शपथ लिँदै

सुर्खेत- लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरीले आज पद तथा गोपनीयताको शपथग्रहण गर्दैछन्। बुधबार मुख्यमन्त्री नियक्ति भएका गिरीलाई आज प्रदेश प्रमुख अमिक शेरचनले शपथग्रहण गराउँदै छन्।

प्रदेश राजधानी दाङ देउखुरीस्थित प्रदेश प्रमुखको कार्यालयमा दिउँसो १ बजे सपथग्रहण कार्यक्रम तय गरिएको प्रदेश प्रमुखको कार्यालयले जानकारी गराएको छ।

एमाले प्रदेश संसदीय दलका नेता गिरी बुधबार नेपालको संविधानको धारा १६८ (२) बमोजिम लुम्बिनी प्रदेशको मुख्यमन्त्री नियुक्त भएका थिए।

उनलाई नेकपा माओवादी केन्द्र, राप्रपा, जसपा, जनमत, नागरिक उन्मुक्ति, लोसपा र स्वतन्त्रबाट निर्वाचित ५८ सांसदको समर्थन छ।

 

प्रकाशित: २८ पुष २०७९ ७:४५ | Thursday, January 12, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − 10 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast