लिभरपुल र चेल्सीबीच बराबरी

हिमाल प्रेस ७ माघ २०७९ २०:२७ | Saturday, January 21, 2023
लिभरपुल र चेल्सीबीच बराबरी

काठमाडौँ- इंग्लिस प्रिमियर लिगमा शनिबार लिभरपुल र चेल्सीबीचको खेल गोलरहित बराबरीमा टुंगिएको छ। लिभरपुलको मैदान एनफिल्डमा धेरैजसो समय बल आफ्नो नियन्त्रणमा राखे पनि चेल्सीले गोल गर्न सकेन। दुवै टिमले लगभग बराबर संख्यामा आक्रमण बुने पनि गोलनजिक भने चेल्सी बढी पुग्यो।

यो बराबरीपछि लिभरपुल र चेल्सीको अंक (२९) बराबर छ। आठौँ स्थानमा रहेको लिभरपुलले १८ खेल खेलेको छ भने चेल्सीले एक खेल बढी खेलेको छ। चेल्सी १० औँ स्थानमा छ। लिभरपुल र चेल्सीबाहेक ब्रेन्टफोर्डको पनि २९ अंक नै छ।

यो सिजन लिभरपुल र चेल्सी खराब लयबाट गुज्रिरहेका छन्। दुवै टिमले आठ–आठ खेल जितेका छन् भने पाँच–पाँच खेलमा बराबरी गरेका छन्। नोभेम्बर र डिसेम्बरमा लगातार चार खेल जिते पनि लिभरपुल जनवरीमा जितविहीन छ। उसले पछिल्ला दुई खेलमा ब्रेन्टफोर्ड र ब्राइटनसँग निराशाजनक हार व्यहोरेको थियो।

चेल्सीले भने जनवरीमा एक खेल जितेको छ। गत साता क्रिस्टल प्यालेसलाई स्टाम्फोर्ड ब्रिजमा हराएको चेल्सी त्यसअघि म्यानचेस्टर सिटीसँग हारेको थियो। जसरी हुन्छ शीर्ष चारमा पर्ने लक्ष्य लिएको चेल्सीले आउँदा शुक्रबार फुलहमको सामना गर्दैछ।

प्रकाशित: ७ माघ २०७९ २०:२७ | Saturday, January 21, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 − five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast