फाइल तस्बिर
काठमाडौँ- नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेलाई थुनामै राखेर मुद्दा अघि बढाउन माग गर्दै सरकारी वकिलको कार्यालयले सर्वोच्च अदालत जाने निर्णय गरेको छ।
उच्च सरकारी वकिलको कार्यालय पाटनले गरेको निर्णयलाई महान्यायाधिवक्ता कार्यालयले सदर गर्दै सर्वोच्च जाने भएको हो। उच्च अदालत पाटनले धरौटीमा रिहा गर्ने आदेश गरेपछि त्यसविरुद्ध महान्यायाधिवक्ता कार्यालय सर्वोच्चमा निवेदन दर्ता गराउन लागेको हो।
उच्च अदालत पाटनले लामिछानेलाई शर्तसहित २० लाख धरौटी माग गरेको थियो। जिल्ला अदालत काठमाडौँले नाबालिगलाई जबरजस्ती करणी गरेको अभियोगमा पूर्पक्षका लागि थुनामा पठाएको थियो। जिल्लाको आदेशविरुद्ध लामिछाने उच्च अदालत पुगेका थिए।
लामिछानेविरुद्धको मुद्दाको अन्तिम सुनुवाइ भने भइसकेको छैन।
प्रकाशित: १० माघ २०७९ १६:४३ | Tuesday, January 24, 2023
प्रतिक्रिया




