लागूऔषधसहित झापाबाट दुई जना पक्राउ

हिमाल प्रेस ३० पुष २०७९ ७:०३ | Saturday, January 14, 2023
लागूऔषधसहित झापाबाट दुई जना पक्राउ

काठमाडौँ- झापाको प्रहरी चौकी शनिश्चरेबाट खटिएको प्रहरी टोलीले अर्जुनधारा नगरपालिका वडा नम्बर ६ महानन्द चौकबाट लागूऔषधसहित दुई जनालाई नियन्त्रणमा लिएको छ।

मेचीनगर नगरपालिका वडा नम्बर ७ बस्ने वर्ष २५ वर्षीय विकाश राजवंशी र सोही स्थान बस्ने २४ वर्षीय निर्मल भुजेललाई शंकास्पद वस्तुसहित शुक्रबार पक्राउ गरिएको प्रहरीले जनाएको छ।

शंकास्पद वस्तु बोकेको शंका लागी चेकजाँच गर्दा निजहरूको साथबाट प्रतिबन्धित लागूऔषध ब्राउनसुगरजस्तो देखिने खैरो लिसाइलो पदार्थ ११ ग्राम फेला परेको प्रहरी कार्यालय झापाका सूचना अधिकारी तथा प्रवक्ता वसन्त पाठकले बताए।

उनका अनुसार उनीहरू दुवै जनालाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय अनारमनिमा राखी थप अनुसन्धान भइरहेको छ।

 

प्रकाशित: ३० पुष २०७९ ७:०३ | Saturday, January 14, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 − five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast