रौतहटमा सवारीको ठक्करबाट पुरुषको मृत्यु

हिमाल प्रेस १४ माघ २०७९ ७:१५ | Saturday, January 28, 2023
रौतहटमा सवारीको ठक्करबाट पुरुषको मृत्यु

रौतहट- गरुडा नगरपालिका ५ चिनीमिलस्थित गौर(चपुर सडकमा प्र २–०३–००१ च ३९०४ नम्बरको पिकअप गाडीको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ।

गढीमाई नगरपालिका–८ इर्नवा बस्ने ६५ वर्षीय अनुपराय यादवको शुक्रबार मृत्यु भएको हो।

ठक्करबाट गम्भीर घाइते भएका उनको झाजपुलस्थित आयुष्मान हस्पिटल हुँदै एलएस न्यूरो हस्पिटल वीरगञ्जमा थप उपचारको क्रममा मृत्यु भएको हो।

पिकअप गाडी र चालकलाई नियन्त्रणमा लिई यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

प्रकाशित: १४ माघ २०७९ ७:१५ | Saturday, January 28, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast